मुम्बई, २३ मंसिर । पञ्जाबी अभिनेत्री हिमांशी खुरानाले आफू ‘बिग बोस १३’ बाट बाहिर निस्किएपछि डिप्रेसनमा गएको खुलासा गर्नुभएको छ । उहाँले हालै एक अन्तर्वार्तामा यो कुराको खुलासा गर्नुभएको हो । हिमांशी पञ्जाब फिल्म उद्योगकी सुन्दर अभिनेत्री हो । पञ्जाबी फिल्ममा नाम कमाएपछि उहाँ सन् २०१३ मा ‘बिग बोस १३’ को हिस्सा बन्नुभएको थियो ।
शोमा आसिम रियाज उहाँको मिल्ने साथी बन्नुभएको थियो र उहाँहरू चाँडै नै प्रेममा पर्नुभयो । ‘बिग बोस’ हाउसबाट बाहिर आएपछि आसिम र हिमांशीले कैयौं भिडियोमा सहकार्य गरिसक्नुभएको छ । उहाँले हालैमात्र एक पञ्जाबी टक शोमा डिप्रेसनका विषयमा कुराकानी गर्दा आफू डिप्रेसनमा खुलासा गर्नुभएको थियो ।
‘जब म बिग बोस १३ मा गएँ, त्यो बेला सबैले सोचेका थिए कि अब जिन्दगी बदलिनेछ । तर वास्तविकतामा त्यो थिएन । मैले त्यहाँ यति नकारात्मक कुरा झेलें कि मलाई यसबाट बाहिर निस्कन दुई वर्ष समय लाग्यो । म बिग बोस १३ पछि गम्भीर डिप्रेसनमा गएँ । यसको असर मेरो मुटुमा पर्यो । इभेन्ट र सुटिङमा जानु अघि मलाई पेनिक अट्याक हुन्थ्यो । अफसाना खानको विवाहको समयमा नाँचिरहँदा मलाई मुटुको समस्या देखियो । यसपछि म अस्पताल भर्ना भएँ’, उहाँले भन्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्