जनता टाइम्स

८ पुष २०७९, शुक्रबार २१:४५

बारामा गोली हानेर भारतीय नागरिकको हत्या


बारा, ७ पुस । बारामा गोली हानेर एक जना भारतीय नागरिकको हत्या भएको छ । महागढीमाई नगरपालिका वडा नम्बर २ मा आज शुक्रवार बेलुकी गोली लागेर घाइते भएका ४५ वर्षका शिवपुजन यादवको उपचारका क्रममा ज्यान गएको प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।

अघि बेलुकी एक होटलबाट निस्कँदै गर्दा मोटरसाइकलमा आएका दुई जना व्यक्तिले यादवमाथि गोली चलाएका प्रहरी उपरीक्षक बोगटीले बताउनुभयो । घटनामा संलग्नहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यादव भारतीय प्रहरीको खोजी सूचीमा रहेको र लुकेर आफन्तको घरमा बस्दै आएका खुलेको प्रहरीको भनाइ छ ।