काठमाडौं, पुस १५ । विश्वका दुई सय भन्दा धेरै मुलुकबाट रेमिट्यान्स भित्राउँदै आएको नेपालको सबै भन्दा ठुलो डिजिटल रेमिट्यान्स् कम्पनी इसेवा मनी ट्रान्सफरले आयोजना गरेको ‘मेरो डिजिटल देश’ अभियानप्रति नेपालीहरूको आकर्षण बढ्दै गएको छ ।
वैधानिक माध्यमबाट आउने रेमिट्यान्स प्रवर्दनका लागि इसेवा मनी ट्रान्सफरले यो अभियान सुरू गरेको थियो । हाल यस अभियानमा विदेशमा रहनुभएका नेपालीहरुको उत्साहजनक सहभागीता रहेको छ । नेपालीहरू हरेक दिन यस अभियानमा जोडिँदै जाने क्रम बढ्दो छ । यो अभियान आगामी चैत्र ६ गतेसम्म सञ्चालनमा रहने सो संस्थाले जनाएको छ ।
यस अभियान अन्तर्गत संसारका कुनै पनि मुलुकमा रहेका नेपालीले, नेपालमा इच्छाएको व्यक्तिको बैंक खातावा ६५ लाखभन्दा बढी प्रयोगकर्ता भएको इसेवावालेटमा पैसा पठाई सहभागिता जनाउन सक्नुहुनेछ । साथै, विदेशबाट आएको नगद रेमिट्यान्स इसेवा वालेटमा प्राप्त गरेर पनि यस अभियानमा सहभागी हुन सकिनेछ । यस अभियानमा सहभागी भइ इसेवा मनि ट्रान्सफर मार्फत रकम पठाउँदा हरेक महिना एक जनाले ६ महिनासम्म आकर्षक पुरस्कारहरुको प्याकेज तथाबम्परमा १ जनाले काठमाडौंमा घर प्राप्त गर्ने पनि सो कम्पनीले जनाएको छ ।
‘आर्थिक बिकास बिनाकुनैपनि राष्ट्र सम्मुनत बन्न नसक्ने भन्दै आर्थिक विकासका लागि देशभित्र र बाहिर रहेका नेपालीको योगदान पनि उत्तिनै महत्वपूर्ण हुने हुनाले इसेवा मनी ट्रान्स्फरले यस अभियान सञ्चालन गरेको हो । मेरो डिजिटल देश अभियानमार्फत विदेशमा रहेका समस्त नेपालीहरुलाई डिजिटल र वैधानिक माध्यमबाट देशमा रेमिट्यान्स पठाएर देशको आर्थिक उन्नतीमा योगदान पुर्याउन यस अभियानले मद्दत पुर्याउने इसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत, अजेश कोइरालाको भनाइ छ ।
यस अभियानमा महानायक राजेश हमाल पनि जोडिनु भएको छ । हमालले यस अभियानसँग जोडिएर देश तथा विदेशमागई डिजिटल रेमिट्यान्स सम्बन्धी जागरुकता जगाउने कार्यमा शक्रियता जगाउनु भएको छ । उहाँले केहीदिन अघि मात्र करिब ४ लाख नेपाली रहेको युएईमा गइ यस अभियानको प्रवर्धन गर्नुभएको थियो ।
यसैगरी नेपाली सिने जगतकी चर्चित नायिका स्वस्तिमा खड्काले पनि यस अभियानको प्रचार–प्रसारमा क्रियाशील रहनुभएको छ । सोही क्रममा उहाँले हालसम्म हरेक महिनापाइने आकर्षक उपहार अन्तरगत दुई जनालाई घरसम्मै पुगेर आकर्षक उपहार समेत प्रदान गरिसक्नु भएको छ ।
इसेवा मनि ट्रान्सफरले परम्परागत शैलितथा डिजिटल माध्यमबाट इसेवा वालेटका ६० लाखभन्दा बढी प्रयोगकर्ताहरु र कुनै पनि बैंक तथा वित्तिय संस्थाको खातामा विप्रेषण रकम भित्राउँदै आएको छ । इसेवा मनि ट्रान्सफरले सेवाग्राहीहरुलाई आफ्ना १२,००० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका १,००,००० भन्दा बढी क्यास प्वाइन्ट मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।
सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्विकृति प्राप्त इसेवामनि ट्रान्सफर, देशभरका एक करोड दश लाखभन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।
प्रतिक्रिया दिनुहोस्