काठमाडौं, माघ १७ । नेकपा एकीकृत समाजवादीले देशको आर्थिक संकटबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएको छ ।
अध्यक्ष माधव नेपालसहितको टोलीले आज बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटार पुगेर ज्ञापन पत्र बुझाएको हो ।

चरम आर्थिक संकट परेको, बैंकको ब्याजदरमा असमान वृद्धि हुँदा सर्वसाधारणलाई समस्या परेको, निर्यातको दाँजोमा आयत बढी हुँदा देश आर्थिक अवस्था नाजुक हुँदै गएको नेकपा एसको भनाई छ ।
नेकपा एसले ज्ञापनमा अर्थतन्त्र सुधारका लागि विभिन्न सुझाव पनि दिएको छ ।













प्रतिक्रिया दिनुहोस्