भक्तपुर, २४ माघ । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको पलाँसेमा भएको मोटर साइकल दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ । प्रदेश २–००१च ०४११ नं. को गाडीले बा २ ख ६६६९ नं. को बसलाई उछिन्न खोज्दा बनेपाबाट भक्तपुरतर्फ आउदै गरेको लु ८८ प ६२०८ नं. को मोटर साइकललाई ठक्कर दिँदा मोटर साइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा काभ्रे बनेपा–७ का १९ वर्षीय आयुष न्यौपाने रहेका प्रहरीले जनाएको छ ।
गाडीको ठक्करबाट घाइते भएका उनलाई उपचारका लागि मध्यपुर अस्पताल ठिमी लगिएको थियो । तर, उनलाई चिकित्सकले मृत घोषणा गरेका प्रहरी परिसर भक्तपुरका एसपी प्रजित केसीले बताउनुभयो । शव अस्पतालमै रहेको छ । सवारीसाधनसहित दुवै गाडीका चालक प्रहरी नियन्त्रणमा छन् ।













प्रतिक्रिया दिनुहोस्