जनता टाइम्स

८ फाल्गुन २०७९, सोमबार १२:०९

बिमानस्थलबाटै समातिए विन्दवासिनी म्युजिक प्रालिका सञ्चालक सुवास रेग्मी


काठमाडौं, फागुन ८ । विन्ध्यवासिनी म्युजिक प्रालीका सञ्चालक सुवास रेग्मी त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाटै पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय साइबर व्युरोले रेग्मीलाई विमानस्थलबाट पक्राउ आज गरेको हो। रेग्मी थाइल्याण्डबाट स्वदेश फर्किदै हुनुहुन्थ्यो ।साइबर व्युरोका प्रवक्ता पशुपति कुमार रायका अनुसार रेग्मीविरूद्ध साइवर व्युरोमा उजुरी परेपछि अनुसन्धान गर्न पक्राउ गरिएको हो।

रेग्मीविरूद्ध गायक प्रमोद खरेलसहित ४ जना कलाकारले उजुरी दिएको आधारमापक्राउ गरिएको प्रहरीको भनाइ छ । सामाजिक सञ्जालमामार्फत् विभिन्न कलाकारविरूद्ध अश्लिल गाली गर्ने,अपशब्द प्रयोग गर्ने र कलाकारहरूको चरित्रहत्या गरेको उजुरीमा उल्लेख छ। सोही आधारमा रेग्मीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।