जनता टाइम्स

२६ फाल्गुन २०७९, शुक्रबार १२:३३

प्रधानमन्त्री प्रचण्डविरूद्ध रिटको सुनुवाइ ईश्वर खतिवडाको इजलासमा


काठमाडौं, २६ फागुन । प्रधानमन्त्री तथा नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरूद्ध परेको रिटको सुनुवाइ हुँदै छ ।

माओवादी युद्धकालिन घटनालाई लिएर सर्वोच्च अदालतमा दायर रिटमाथि आज न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा सुनुवाइ हुन लागेको हो ।

गत मंगलबार दायर रिटमाथि बिहीबार पेसी तोकिएको थियो । तर, बिहीबार हेर्न नभ्याइने परेपछि आज सुनुवाइ हुन लागेको हो ।