जनता टाइम्स

२१ असार २०८२, शनिबार १८:१८

कुलिङ पिरियडको गडबडी छानबिन गर्न बन्यो ७ सदस्यीय विशेष संसदीय समिति


काठमाडौं, २१ असार । संघीय निजामती विधेयकको कुलिङ पिरियडमा भएको गडबडीबारे छानबिन गर्नका लागि विशेष संसदीय समिति बन्ने भएको छ ।

सभामुख देवराज घिमिरेसहित विभिन्न दलका नेताहरूबीच शनिबार भएको छलफलपछि उक्त विषयको छानबिनका लागि समिति बनाउने निर्णय भएको नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो ।

उहाँका अनुसार समिति ७ सदस्यीय रहनेछ । जसमा नेकपा एमाले र नेपाली कांग्रेसको तर्फबाट २/२ सदस्य रहनेछन् । त्यस्तै, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट १/१ जना सदस्य रहनेछन् ।

बर्तौलाका अनुसार संसद्को नियमावलीको १८० बमोजिम उक्त समिति बनाउने निर्णय भएको हो । उहाँका अनुसार समितिमा रहने सदस्यहरूको नामावली सोमबार सार्वजनिक गरिने छ ।