जनता टाइम्स

२१ असार २०८२, शनिबार २१:०३

एमाले निर्वाचन आयोगको बैठक सम्पन्न, सफलता पूर्वक निर्वाचन सकेकोमा पार्टीले दियो बधाई 


काठमाडौं, २१ असार। नेकपा एमाले केन्द्रीय निर्वाचन आयोगको बैठक च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ।

पार्टीको केन्द्रीय योजना अनुरूप प्रदेश र जिल्ला तहका अधिवेशनहरू पूर्ण रूपमा सम्पन्न भइसकेका छन् भने करिब ९८ प्रतिशत पालिका र ९० प्रतिशत वडा अधिवेशनहरू सम्पन्न भइसकेको जानकारी बैठकमा गराइएको छ।

यसै गरी, करिब ५० प्रतिशत टोल अधिवेशन सम्पन्न भएको बैठकमा आयोगको तर्फबाट निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले जानकारी दिनुभयो। निर्वाचन आयोगको व्यवस्थापनमा प्रदेश र जिल्ला तहका अधिवेशनहरू र विभिन्न जनसंगठनका राष्ट्रिय अधिवेशनहरू सफलतापूर्वक सम्पन्न भएकामा आयोगलाई बैठकले बधाई ज्ञापन गरेको छ।

आयोगका अध्यक्ष सुब्बाको अध्यक्षतामा तथा पार्टी महासचिव शंकर पोखरेलको प्रमख आतिथ्यतामा बैठक भएको हो ।