जनता टाइम्स

२६ फाल्गुन २०७९, शुक्रबार १२:५४

मोटरसाइल दुर्घटना हुँदा चालकको मृत्यु


काठमाडौं, २६ फागुन । काठमाडौंको घण्टाघरमा पैदलयात्रुलाई ठक्कर दिएर मोटरसाइकल पल्टिदा चालकको मृत्यु भएको छ भने पैदलयात्रु घाइते भएका छन् । मोटरसाइकल चालक भोजपुरको षडानन्द गाउँपालिका ११ घर भई हाल काठमाण्डौ बस्ने सुजल छावुहाङ राईको उपचारको क्रममा आज बिहान सवा ७ बजे राष्ट्रिय ट्रमा सेन्टर महांकालमा मृत्यु भएको हो ।

घाईते भएका पैदलयात्रु काठमाडौंको नैकाप बस्ने ५८ बर्षीय असोक कुमार महर्जनको सोही अस्पतालमा उपचार भईरहेको छ । आज बिहान ७ बजे बा ६५ प ५६०८ नम्बरको मोटरसाइकलले पैदलयात्रुलाई ठक्कर दिएर पल्टिएको थियो ।