जनता टाइम्स

२९ फाल्गुन २०७९, सोमबार २०:२३

शपथग्रहणमा राष्ट्रपति रामचन्द्रलाई एडीसीले रोके, प्रतिज्ञा भन्नुपर्ने ठाउँमा प्रतिक्षा भन्दै शपथ


काठमाडौं, २९ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले शपथग्रहणका क्रममा गडबड भएपछि शपथ पुन दोहोराउनु भएको छ ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथग्रहण गराउने क्रममा म …. भन्नासाथ रामचन्द्र पौडेल भनेर रोकिनुपर्नेमा पौडेलले सपथको व्यहोरो एकोहोरो वाचन गरेरपछि कामु प्रधान्यायाधिश कार्की अलमलिनुभएको थियो । सबै मुखामुख गरेर अलमलिएपछि राष्ट्रपतिका एडीसी छेउमा गएर ‘कामु प्रधानन्यायाधीश’ ले पढेपछिमात्र भन्नुपर्छ भनेपछि पुनः शपथ भएको थियो । पौडेलको उच्चरणमा पनि त्रुटि रहेको थियो । उहाँले प्रतिज्ञा भन्नुपर्ने ठाउँमा प्रतिक्षा भन्नुभएको छ ।

vidoe