जनता टाइम्स

२ चैत्र २०७९, बिहीबार १६:०१

सेयर बजार ५.३२ अंकले ओरालो


काठमाडौं, २ चैत । साताको अन्तिम कारोबार सेयर बजारमा आज ओरालो लागेको छ । नेप्से सूचक ५.३२ अंकले घटेर १९३३.३१ विन्दुमा आएर रोकिएको छ । १ अर्ब १४ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । यस्तै, सेन्सेटिभ इन्डेक्सम ०.१५ अंकले घटेर ३६४.७८ बिन्दुमा आएको छ ।

आज ३४ लाख २ हजार २७६ कित्ता सेयर किनबेच भएको छ । यस्तै, युनिक नेपाल लघुवित्त र शुवम पावरको १० प्रतिशतले मुल्य वृद्धि भएको छ । यी कम्पनीहरुले सर्वाधिक कमाएको छ ।

यता, एनआईसी एसिया बैंकको सर्वाधिक सेयर कारोबार भएको छ । यसको आज करिब ५ करोडको कारोबार भएको छ । यता नविल बैंकको करिब ४ करोडको कारोबार भएको छ । आज १३ उपसुचकहरुमा ४ कम्पनीको मुल्यमा सामान्य वृद्धि भएको छ भने बाकी सबै कम्पनी राताम्मै भएको छ ।