लमजुङ, ३ चैत । लमजुङको राइनास नगरपालिकाले साढे १६ करोड खर्च गरेको छ । नगरसभामा उपप्रमुख पुष्पराज खनालले अर्ध वार्षिक समीक्षा प्रतिवेदन प्रस्तुत गर्दै राइनास नगरपालिकामा चालु आर्थिक वर्षमा हालसम्म १६ करोड ५३ लाख ८८ हजार रुपैयाँ खर्च भएको जानकारी दिनुभयो ।
उहाँका अनुसार चालु आवका लागि ३८ करोड २० लाख ४ हजार रुपैयाँको बजेट विनियोजन भएको थियो । उहाँँले भन्नुभयो,‘हामीले पारित गरेका योजनाहरु अधिकांशको सम्झौता भएको र धेरैजसो योजनाको आधाभन्दा बढी काम भइसकेको छ ।’ उहाँले थप्नुभयो,‘यो वर्षका योजना १५ प्रतिशत सम्पन्न भएका छन्, नगरपालिकाले विनियोजित रकम समयमै सम्पन्न गर्ने गरी काम अघि बढाएको छ, यो काम हुन्छ ।’
प्रतिक्रिया दिनुहोस्