सोलुखुम्बु, चैत २७ । जिल्लामा एक किशोरीले आत्मदाहको प्रयास गरेकी छन।
जिल्लाको थुलुङ दूधकोशी गाउँपालिका ५ जुबुकी १६ वर्षीया सकुन्तला तामाङले आइतबार राति खुम्बु पासाङल्हामु गाउँपालिका २ लुक्लामा आफ्नै शरीरमा आगो लगाई आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राम किशोर शाहका अनसार राति साढे ८ बजे किशोरीले शरीरमा आगो लगाएकी हुन्। आगोले उनको शरीरको विभिन्न भाग जलेको प्रहरीले जनाएको छ। उनलाई बचाउन गएका किशोरीकी आमा राधा कुमारी राई तामाङ समेत सामान्य घाइते भएकी छन्।
घाईते दुवै जनाको खुम्बु पासाङ ल्हामु गाउँपालिका २ स्थित पासाङ ल्हामु निकोलनिकी अस्पतालमा उपचार भइरहेको जनाइएको छ। घटनाको कारण खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।













प्रतिक्रिया दिनुहोस्