जनता टाइम्स

८ बैशाख २०८०, शुक्रबार १६:४९

कुसल मल्ल र सन्दिप लामिछानेको किर्तिमानसँगै ओमानविरुद्ध नेपालको शानदार जित


काठमाडौं, बैशाख ८ । कुशल मल्लको विष्फोटक शतकमा नेपालले एसीसी प्रिमियर कप अन्तर्गत ओमानविरुद्धको म्याचमा शानदार जित निकालेको छ ।

टस हारेर ब्याटिङ गर्दै नेपालले दिएको ३११ रनको विशाल लक्ष्य ओमानले पछ्याउन सकेन । नेपालले ओमानलाई ८४ रनले हराएको छ ।

आजको खेलमा सन्दिप लामिछानेले पनि किर्तिमान कायम गरेका छन ।