जनता टाइम्स

२० बैशाख २०८०, बुधबार २२:२६

बालुवाटारमा माधव नेपालको स्पष्टीकरण : कर्णालीमा स्थानीय नेतालाई भुल्याउन उक्त कुरा बोलेको हुँ


काठमाडौं, २० बैशाख। पूर्वप्रधानमन्त्री एव नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कर्णालीमा नेकपा माओवादी केन्द्रको व्यवहारले मर्माहत भएको भनी दिएको अभिव्यक्तिबारे बुधबार बालुवाटार बैठकमा स्पष्टीकरण दिनुभएको छ । उहाले स्थानीय नेताहरुको असन्तुष्टि सम्बोधन गर्न मात्र आफूले त्यस्तो अभिव्यक्ति बताएका बुधबार साँझ बालुवाटार बैठकमा सहभागी एक नेताले बताए ।

बुधबार बिहान सुर्खेतमा आयोजित कार्यक्रममा नेता नेपालले माओवादीको व्यवहारले मर्माहत भएको टिप्पणी गर्नुभएको थियो । कर्णाली प्रदेशमा आफूहरुलाई बेवास्ता गरिएको भन्दै उहलेँ भन्नुभएका थियो, ‘हामी गठबन्धन टिक्छ भनिरहेका छौं । टिकाउँछौं भनिरहेका छौं । टिकाउने क्षमता, खुबी र हिस्सेदारी हामीसँग छ भनिरहेका छौं।

तर हामीलाई पीडा दिने खालको व्यवहार देखिसकेपछि हामी मर्माहत भएका छौं।’ उहाको असन्तुष्टिबारे साँझ बालुवाटारमा बसेको सत्तारुढ ६ दलको बैठकमा छलफल भएको थियो। बैठकमा सहभागी श्रम तथा रोजगार मन्त्री शरतसिंह भण्डारीका अनुसार नेपालले आफूले स्थानीय नेताहको असन्तुष्टि सम्बोधन उनिहरुलाई भुल्याउन त्यस्तो कुरा बोलेको स्पष्टीकरण दिनुभएको थियो ।