जनता टाइम्स

२७ बैशाख २०८०, बुधबार १७:२७

कांग्रेस नेता खाणलाई चारदिन हिरासतमा राख्न प्रहरीलाई अनुमति


काठमाडौं, बैशाख २७ । काठमाडौं जिल्ला अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको छ।

सरकारी वकिल कार्यालयका प्रवक्ता लक्ष्मण उपाध्याय घिमिरेले खाणमाथि अनुसन्धानका लागि चार दिन दिइएको बताउनु भयो । बुधबार बिहान चाबहिल मैजुबहालबाट पक्राउ परेका पूर्व गृहमन्त्री खाँणलाई प्रहरीले काठमाडौं जिल्ला अदालतबाट चार दिन हिरासतमा राख्न अनुमति पाएको हो।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँणलाई जिल्ला प्रहरी परिसर काठमाडौंले बुधबार पाँच घण्टा बयान लिएको थियो। बयानपछि प्रहरीले खाणको स्वास्थ्य परीक्षण गरेको थियो। स्वास्थ्य परीक्षणपछि अदालतबाट चार दिन हिरासतमा राख्ने अनुमति लिएको हो ।