जनता टाइम्स

२८ बैशाख २०८०, बिहीबार ०८:०८

कांग्रेस पदाधिकारी बैठक आजपनि बस्दै, खाणबारे निर्णय हुने


काठमाडौं, २८ बैशाख । काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आजपनि बस्दैछ ।

पार्टी नेता तथा पूर्व गृह मन्त्री बालकृष्ण खाण पक्राउ परे पछि उत्पन्न परिस्थितिका बारेमा छलफल गर्नका लागि आज पनि बैठक बस्न लागेको हो । हिजो बसेको बैठकमा खाणका बारेमा प्रारम्भिक छलफल भए पनि उनीमाथि प्रहरी अनुसन्धान जारी रहेको र सो अनुसन्धान परिपक्व नभएको भन्दै कुनै निर्णय गरिएको थिएन ।

आज बस्ने बैठकले खाणलाई निलम्बन गर्न सक्ने बुझिएको छ ।