जनता टाइम्स

१ जेष्ठ २०८०, सोमबार १५:१८

नेपालमा ‘फेक न्युज’ र ‘फेक मिडिया’ को पराकाष्ठा नाघेको रहेछ’ : आरजु राणा


काठमाडौं, १ जेठ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य आरजु राणाले ‘फेक न्युज’ र ‘फेक मिडिया’ पराकाष्ठामा पुगेको बताउनुभएको छ । प्रतिनिधिसभाको जारी बैठकमा बोल्दै पुर्व प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पत्नि राणाले महिलाहरुलाई आत्महत्या गर्न मिडियाले फोर्स गरेकोसमेत बताउनुभएको छ ।

‘मैले पहिलो पटक यो अनुभव गरे कि नेपालमा ‘फेक न्युज’ र ‘फेक मिडिया’ को पराकाष्ठा नाघेको छ, यसलाई सरकारले नियमन गर्न सुरु गरोस्,’ राणालाई प्रतिनिधिसभा बैठकमा बोल्दै भन्नुभयो, ‘र, मेरो नाममा बनाईएको फेक अडियोका बारेमा सत्यतथ्य बाहिर ल्याओस ।’

नक्कली भुटानी शरणार्थी प्रकरणमा आफनो नाम मुछिएर ल्याइएको अडियोका बारेमा तत्काल सार्वजनिक गर्न समेत अनुरोध गर्नुभएको छ ।

‘मैले फेक अडियोका बारेमा उजुरी दर्ता गराएको छु, त्यो दर्ता गराउन पनि प्रहरीले मानिरहेको थिएन, हुन त म जतिको मान्छे गए पछि फेक अडियोका बारेमा उजुरी दर्ता सहजै हुन्छ भन्ने लागेको होला, मलाई पनि त्यो उजुरी दर्ता गराउन तीन घन्टा लागेको थियो,’ उहाँले थप्नुभयो, ‘तर, आज ६ दिन नाघिसक्दा पनि प्रहरीले त्यसको यथार्थ सार्वजनिक गरेको छैन, यो दुःखद कुरा हो । म त्यो अडियोका बारेमा तत्कालै सत्यतथ्य सार्वजनिक होस भन्ने चाहान्छु ।’

उहाँले नक्कली भुटानी शरणार्थी प्रकरण जघन्य अपराध भएको भन्दै सो प्रकरणका दोषीलाई कारबाही गर्न पनि राणाले माग गर्नुभएको छ ।