भक्तपुर, २० जेठ । भक्तपुरको सल्लाघारी हनुमन्ते पुल नजिकै गुडिरहेको गाडीबाट खसेर आज एकजनाको मृत्यु भएको छ । राधे–राधेबाट निकोसेरातर्फ जादै गरेको बा २१ च ५३०१ नं. को हात्ती गाडीमा पछाडि सवार हाल नामथर, वतन नखुलेको बर्ष अं. ४०/४५ की महिला गाडी गुडिरहेको अबस्थामा अचानक खसी मृत्यु भएको हो ।
प्रहरीका अनुसार दुर्घटनापछि गम्भीर घाईते भई उपचारको लागि डा. ईवामुरा अस्पताल लगेकोमा उपचारको क्रममा मृत्यु भएको हो । घटनापछि सवारी चालक काभ्रे भुम्लु गाउँंपालिका-३ घर भई हाल ललितपुर ईमाडोल बस्ने बर्ष ३० को सूर्यबहादुर पहरीलाई प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरू भएको छ ।













प्रतिक्रिया दिनुहोस्