काठमाडौं, ३० जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एक साताका लागि सिंगापुर जाँदै हुनुहुन्छ । नियमित स्वास्थ्य परीक्षणका लागि पुर्व प्रधानमन्त्री देउवा सिंगापुर जान लाग्नुभएको हो । उहाँ राति ११ बजे सिंगापुरका प्रस्थान गर्नुहुनेछ ।
पूर्व प्रधानमन्त्रीको देउवाको साथमा उहाँको पत्नी आरजू राणा देउवा पनि साथमा रहनुहुनेछ ।
पेटसम्बन्धी समस्याका कारण स्वास्थ्य जटिलता भोगिरहनुभएको देउवाले लामो समयदेखी सिंगापुरमा उपचार गर्दै आइरहनुभएको छ । यसपटकको भ्रमण उहाँको स्वास्थ्य फलोअपका लागि भएको उहाँको सचिवालयले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्