गोरखा, असार ८। गोरखा मनकामनामा बेहुली लिएर फर्किँदै गरेको जन्ती सवार जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।
छिरिङकोटबाट बेहुली लिएर आउँदै गरेको जन्ती चढेको जीप शुक्रबार बिहान करिब ३ दुर्घटनामा परेको हो । उक्त दुर्घटनामा १२ जना घाइते भएका छन।
प्रहरीका अनुसार शहीदलखन गाउँपालिका ३ पात्लेखोलामा प्रदेश ३-०१-०२३ च ४४२७ नम्बरको जीप दुर्घटना भएको हो । प्रहरीका अनुसार ४ पुरुष र १ महिलाको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका अन्य यात्रुलाई उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा पठाइएको प्रहरीले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्