जनता टाइम्स

२२ असार २०८०, शुक्रबार २०:१२

समिर नेपालको दुई कृति : एउटा उपन्यास, अर्काे यात्राकथा


काठमाडौँ, असार २२ । स्रष्टा तथा सामाजिक अभियन्ता समीर नेपालका उपन्यास र यात्राकथा गरी दुई कृति आज विमोचित गरिएको छ ।

ओरिएन्टल प्रकाशनद्वारा प्रकाशित उपन्यास ‘वर्षका बिहानीहरू’ र यात्राकथा ‘नबिर्सने यात्रा’ साहित्यकारद्वय मेघराज शर्मा ‘मञ्जुल’ र एसपी कोइरालाले विमोचन गर्नुभयो ।

कार्यक्रममा समीक्षक डा गीता त्रिपाठीले दुवै कृतिले उहाँको साहित्यिक व्यक्तित्व खुलाएको टिप्पणी गर्दै पछिल्लो समयमा नियात्रा विधा लोकप्रिय भएको सन्दर्भमा ‘नबिर्सने यात्रा’ को महत्व झन् बढेको बताउनु भयो ।

लामो समयदेखि सामाजिक तथा मानवअधिकारका क्षेत्र हुँदै हाल राजनीतिमा सक्रिय स्रष्टा नेपालले साहित्यिक वातावरण घरमै मिलेकाले आफूलाई लेख्न समस्या नभएको उहाँको भनाई छ ।

भोजपुरको पोखरेमा आजकै दिन जन्मिएर पठित परिवारमा हुर्किनु भएका समीरका दुई दाजु मञ्जुल र प्रदीप नेपाल साहित्यिक क्षेत्रमा स्थापित हुनुहुनछ । दाजुहरु जस्तै समिर पनि लेखनमा रुची राख्नुहुन्छ ।