काठमाडौं, साउन ११ । सुन तस्करीमा संलग्न पाइएको रेडी ट्रेडर्स प्रालिले पछिल्लो २ महिनामै ठूलो परिमाणमा ब्रेक शुआयात गरेको पाइएको छ । राजस्व अनुसन्धान बिभागले गोदाममा छापा मार्दा रेडि ट्रेडले आयात गरेको सबै ब्रेक शुभित्र सुन लुकाएर ल्याएको आशंकालाई बल पुगेको छ ।
राजश्व अनुसन्धान विभागले बुधबार काठमाडौंको सोह्रखुट्टेमा रहेको सो कम्पनीको गोदाममा छापा मार्दा थप ११ सय ६२ थान ब्रेक शु बरामद भएको छ । जसमध्ये प्रारम्भिक परीक्षणमा आधाभन्दा धेरै ब्रेक शु फुक्लिएको पाइएको छ । जसबाट तस्करले सुन झिकेर लगेको विभागको अनुमान छ । बरामद ब्रेक शु ल्याब परीक्षणका लागि भन्सार विभाग पठाइएको छ तर गोदाममै सुन छुट्टयाएर तस्करले लगेको अवस्थामा फुक्लेका धेरै ब्रेक शु भेटिएको छापामा सहभागी अधिकारीहरुले जनाएको छ ।
गोदामबाट ब्रेक शुबाट सुन पगाल्ने उपकरण एक थान र सुन तौलिने तुलो समेत भेटिएको छ । सोह्रखुट्टेको गोदामबाट ६६ वटा प्याकेटमा ११ सय ६२ किलो ब्रेक शु बरामद भएको थियो । जसमा हरेक प्याकेटमा १० थानका दरले ब्रेक शु रहेको थियो । एक थानमा एक जोडी ब्रेक शु रहेकामा विमानस्थलमा बरामद भएकोमा एउटामा चाहिँ सुन थियो ।
सोह्रखुट्टेमा बुधबार बरामदमध्ये एउटा पातो ब्रेक शु झिकिएको अवस्थामा भेटिएको छ । २०७९ चैत १९ गते खुलेको रेडी ट्रेडर्सले साउन २ गतेसम्म १ हजार ३१७ किलो ब्रेक शु आयात गरेको भन्सारको तथ्यांकले देखाएको छ । बु
धबार विभागले छापा मारेको गोदाम चिनियाँ नागरिकले भाडामा लिएर सञ्चालन गरेका थिए । विभागले सुन तस्करी प्रकरणमा छापा मारेको यो तेस्रो गोदाम हो । सुन तस्करी प्रकरणमा राजस्वले ब्यापारी राकेशकुमार अडुकियाको निवासमा पनि छापा मारेको छ । ब्यापारी अकुडिया अनुसन्धानमा तानिएपछि उनको घरमा बुधवार छापा मारिएको हो । बुढानीलकण्ठस्थित रेडी ट्रेडले ब्रेक सुको आवरणमा क्याथे प्यासिफिकको जहाजमार्फत भित्र्याएको सुन बरामदपछि अनुसन्धान गर्ने क्रममा अडुकिया शंकाको घेरामा परेका हुन ।
अडुकिया तस्करीको सुन भारतसम्म पुर्याउन सक्रिय रहेको आशंका राजस्व अनुसन्धान विभागले गरेको छ । अनुसन्धानकै क्रममा विभागले बुधबार अडुकियाको कमलपोखरीस्थित घरमा छापा मारेर केही कागजात नियन्त्रणमा लिएको हो । बिमानस्थलमा सुन बरामदपछि अडुकिया सम्पर्कविहीन छन ।













प्रतिक्रिया दिनुहोस्