जनता टाइम्स

१९ भाद्र २०७६, बिहीबार ११:३५

कृषि मन्त्री खनाललाई डेंगु, ग्राण्डीमा उपचार हुँदै


काठमाडौं, भदौ १९

कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालमा डेंगुको संक्रमण देखिएको छ । डेंगु लागेपछि उहाको अहिले ग्राण्डी अस्पतालमा उपचार भईरहेको खनालको निजी सचिवालयले जानकारी दिएको छ ।

गत शुक्रबार हेटौंडाबाट फर्किनु भएका खनाललाई ज्वरो आउने, टाउको दुख्ने समस्या देखिएपछि निदान हस्पिटल लगिएको थियो । निदान हस्पिटलले डेंगु भएको आशंकामा मन्त्री खनाललाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रेफर गरेको थियो ।

शुक्रराज अस्पतालमा रगत परीक्षण गराउँदा डेंगु भएको पुष्टी भएको मन्त्री खनालको निजी सचिवालयले जनाएको छ । मन्त्री खनाललाई बुधबारदेखि ग्राण्डी अस्पतालमा भर्ना गरी स्वास्थ्य उपचार शुरु गरिएको जनाइएको छ ।