दाङ, १३ साउन । रोल्पामा विषालु च्याउ खाँदा एक जनाको निधन भएको छ । लुङ्ग्री गाउँपालिका–५ बुझिङकी २६ वर्षीया बिमला बिकको निधन भएको प्रहरीले जनाएको छ ।
विषालु च्याउ खाएर बिरामी भएकी उहाँको बुटवलस्थित लुम्बिनी सिटी हस्पिटलमा उपचार भइरहेकोमा शनिबार बिहान उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाको भनाइ छ ।
गत असार २६ गते बिषालु च्याउ खादा बिमलासँगै उहाँको परिवारका चार जना बिरामी परेका थिए । बिमलाको अवस्था जटिल बनेपछि थप उपचारको लागि ३१ असारमा लुम्बिनी सिटी हस्पिटल पुर्याइएको थियो । उहाँको शनिबार बिहान उपचारको क्रममा मृत्यु भएको हो ।













प्रतिक्रिया दिनुहोस्