काठमाडौं, १६ साउन । प्रतिनिधिसभाको बैठक सञ्चालन गर्न दलहरु सहमत भएका छन् । सभामुख देवराज घिमिरेको आह्वानमा आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलहरुबीच आज लागि बोलाइएको बैठक सञ्चालन गर्ने सहमति भएको हो ।
तर, एमालेले करिब क्विन्टल सुन तस्कारी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सरकारले नमाने बैठक अवरुद्ध गर्ने तयारीमा छ । यसअघि बैठकमा एमालेले छानविन समिति गठनको माग गर्दै आफ्नो धारणा राख्नेछ ।













प्रतिक्रिया दिनुहोस्