जनता टाइम्स

२३ श्रावण २०८०, मंगलवार १७:१६

पार्टी निर्माणका लागि युग सुहाउँदो प्रणालीमा लाग्नुपर्छ : एमाले उपमहासचिव गुरुङ


पोखरा, साउन २३ । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पार्टी निर्माणका लागि युग सुहाउँदो प्रणालीमा लाग्न सवैलाई आग्रह गर्नुभएको छ । गण्डकी प्रदेशको जनसंगठनहरुको भेलामा बोल्दै उपमहासचिव गुरुङले यस्तो बताउनु भएको हो ।

योजनाबद्ध कामले गतिशीलता दिने हुँदा उत्कृष्ट परिणामका लागि उद्देश्यमुलुक तवरले लाग्नुपर्ने उहाँको भनाई छ । जनजिबिकाको सम्बोधनका लागि एकीकृत प्रयास चाहिने मान्यता अनुसार जनसंगठनहरू बनेको हुँदा अब एमालेको एकल बहुमतका लागि सबै जनसंगठनहरु योजनावद्ध रुपमा लाग्नुपर्ने उहाँको भनाई छ ।

उत्पादनमूलक र निर्माणमूलक काम नै आजको आबश्यकता भएको उल्लेख गर्दै गुरुङले पार्टी निर्माणका लागि युग सुहाउँदो काम चाहिने बताउनु भयो । उहाँले समाजबादको बाटो हुँदै समृद्धिको गन्तव्यका लागि एकल बहुमतका लागि अबको तयारी हुनुपर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा गण्डकी प्रदेश इन्चार्ज तथा सचिब गोकर्ण बिष्टले गतिशील पार्टी निर्माणका लागि सशक्त जनसंगठनबाट मात्रै संभब हुने उल्लेख गरी बिगतका हरेक उपलब्धिहरू उनीहरूको दरिलो र भरिलो साथले मात्रै संभब भएको स्मरण गर्दै अब पनि जुझारु ढंगले लाग्नुको बिकल्प नभएको बताउनु भयो । सचिब बिष्टले बर्ग संघर्षमा बिजय हासिल गर्न सकारात्मक, उर्जाशिल र रचनात्मक जनसंगठन अबको आबश्यकता भएको भन्दै सबै पक्ष क्षमताको समुचित समयानुकूल उपयोग र परिमार्जनमा समेत ध्यान दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा स्थायी कमिटी सदस्य खगराज अधिकारीले जनसंगठन पार्टीका पोषण दिने जरा भएको हुँदा समन्वय प्रभाबकारी बनाउन भेला उपलब्धिमुलक हुने बिश्वास ब्यक्त गर्नुभयो । अधिकारीले एमालेलाई भौतिक शक्ति जनसंगठनबाट प्राप्त हुने भन्दै हरेक ठाँउमा प्रभाबकारी भुमिका खेल्न आग्रह पनि गर्नुभयो ।

स्थायी कमिटी सदस्य एवं जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले एमाले जनतासँगै रहने पार्टी भएको हुँदा हरबखत जनताको घर दैलोमै रहनुपर्ने भन्दै अव सवै जनसंगठनका नेता कार्यकर्ता त्यसतर्फ केन्द्रित हुनुपर्ने बताउनु भयो । एमाले स्थायी कमिटी सदस्य थममाया थापाले पार्टी सशक्तिकरणको आधार जनसंगठन भएको बताउनु भयो ।

अनेमसंघकी अध्यक्ष टुका हमालले संघर्षको मैदानमा बिगतमा सबै जनसंगठन हातमा हात मिलाएर हिडेको स्मरण गर्दै आउने दिनमा अझै बलियो सामुहिक गठजोड आबश्यक रहेको बताउनु भयो ।  कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा जनसंगठन गण्डकी संयोजक डा. सुर्य पाठक, गण्डकी प्रदेश अध्यक्ष नबराज शर्मा, नेपाल उत्पीडित जातिय मुक्ति समाजका अध्यक्ष मनोहर बि. पौडेललगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल ट्रेड युनियन महासंघ ( जिफन्ट ) गण्डकीका अध्यक्ष रुद्र खत्री, प्रेस चौतारी गण्डकीका अध्यक्ष इन्द्र पौडेल, अनेमसंघ गण्डकी अध्यक्ष हिरा गिरी, प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसनका अध्यक्ष सुरेश तिमिल्सिना, अखिल नेपाल किसान महासंघका अध्यक्ष गोबर्धन गौली, राष्ट्रिय जनसाँस्कृतिक महासंघका
इन्चार्ज मनकुमार श्रेष्ठ, नेपाल उत्पीडित जातिय मुक्ति समाजका अध्यक्ष निर्मल दियाली, अनेरास्ववियुका अध्यक्ष आरके पोख्रेल, युबा संघका नेपालका संयोजक बिकास अधिकारी, भुतपुर्व सैनिक संगठन अध्यक्ष शेरबहादुर जिसि, नेपाल लोकतान्त्रिक आदिबासी जनजाति महासंघका अध्यक्ष सुजन लामा, बुद्धिजीवी परिषदका अध्यक्ष चन्द्रबहादुर थापा, पेशागत महासंघ गण्डकीका इन्चार्ज आर पि खनाल लगायतले आआफ्नो संगठनका गतिविधि र भाबी योजना सहितको सांगठानिक प्रतिबेदन पेश गर्नुभएको थियो ।

एमाले गण्डकी प्रदेश कमिटीका जनसंगठन बिभाग प्रमुख तथा उपाध्यक्ष मोहन रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन उपसचिब मन्जु अधिकारीले गर्नुभएको थियो ।