जनता टाइम्स

३० श्रावण २०८०, मंगलवार १८:१५

कक्षा १२ को नतिजा सार्वजनिक, ६९७६ विद्यार्थीले ल्याए ४ जीपीए


काठमाडौँ, ३० साउन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक भएकाे छ । आज दिउँसो बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गरेको हो ।

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजामा ६ हजार ९७६ जनाले ३.६१ देखि ४ जीपीए ल्याएका छन् । नतिजा अनुसार गत वर्ष भन्दा यस वर्ष३।६१ देखि ४ जीपीए ल्याउने विद्यार्थी ०।७२ प्रतिशतले बढी छन् ।३।२१ देखि ३।६० जीपीए ल्याउने विद्यार्थीको संख्या ३८ हजार ९९९ रहेको छ।

परीक्षा बोर्डले माथिल्लो जीपीए ल्याउने विद्यार्थीको संख्या बढेको बताएको छ। यस्तै १ लाख ८२ हजार ९२६ जना एनजी ल्याएका छन् । यो वर्ष नतिजामा सुधार भएको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए । गत वैशाख २६ देखि जेठ ५ गतेसम्म सम्पन्न परीक्षामा ४ लाख ६७ हजार ३८९ विद्यार्थी सहभागी भएकf थिए ।