सिओल, ५ भदौ । धुलिखेल नगरपालिका र बुसान विश्वविद्यालयबीच शैक्षिक विकासको लागि सम्झौता भएको छ ।
उच्च शिक्षा र प्रविधिमा संयुक्त साझेदारी गर्ने सहमति एवं समझदारी पत्रमा हस्ताक्षर गरिएको हो ।
सम्झौतामा धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक कुमार व्याञ्जु श्रेष्ठ र बुसान विश्वविद्यालयका अध्यक्ष सुन ह्याङ चाङले हस्ताक्षर गर्नु भएको हो ।
छलफलमा कोरिया–नेपाल सम्बन्धलाई भातृत्व र पन्चशिलतामा आधारित भई दुई देशको प्रगतिमा टेवा पुर्याउन कोरिया र नेपालको बिकासको अनुभब, आर्थिक उन्नती, प्रबिधि, पर्यटन र साँस्कृतिक सम्बन्धलाई दुइ देशको हितमा जनस्तरमा पुर्याउने सहमति भएको छ ।
यो उदेश्य पुरा गर्न सृजना नेपालीको संयोजकत्वमा ६ सदस्यीय कोरिया–नेपाल को ओपरेसन गठनसमेत गरिएको छ ।
सो कोअपरेटिभमा नेपालको तर्फबाट सृजनालगायत मेयर ब्यान्जु , मेयर सिपी घर्ती र कोरीयाका तर्फबाट बिशिष्ट ब्यक्तीहरु रहनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्