जनता टाइम्स

१४ भाद्र २०८०, बिहीबार १७:२२

त्रिशूली नदीमा हामफालेका युवकको उद्धार


चितवन, १४ भदौ । पुलबाट त्रिशूली नदीमा हामफालेका युवकको प्रहरीले नदीबाट जिवितै उद्धार गरेको छ ।

चितवनको फिस्लिङ र गोरखाको गण्डकी गाउँपालिका जोड्ने मोटरेबल पुलबाट हामफालेका सिन्धुलीका २५ वर्षीय युवकलाई नेपाल प्रहरीले आज उद्धार गरेको हो ।

प्रहरीले नदीबाट जिवितै उद्वार गरी ट्रमा सेन्टर कुरिनटारमा उपचारका लागि लगेको छ ।