सउल, भदौ १८ । गैर आवासीय नेपाली संघ (एनआरएनए) कोरियाले मापदण्ड मिचेर आइसिसी डेलिगेट (प्रतिनिधि) छनोट गरेको पाइएको छ ।
कार्यसमितिमा समेत छलफल नगराई अध्यक्ष बुद्धि गुरुङ र महासचिव डा. केशव थापाले एकलौटी रुपमा मनोमानी ढंगबाट आइसीसी डेलिगेट छनोट गरी संघको अन्तराष्ट्रिय कमिटीमा नाम पठाएको पाइएको हो ।
आइसीसीमा दक्षिण कोरियाबाट १७० जना प्रतिनिधिको नाम पठाउनु पर्छ । डेलिगेट छनोटमा मापदण्डसमेत तोकिएको छ । जसअनुसार ९० प्रतिशत प्रतिनिधि मापदण्डभित्र परेको र १० प्रतिशत कार्यसमितिले मनोनीत गरी पठाउने ब्यवस्था रहेको छ । तर एनआरएनए एनसीसीले आफन्त, नातागोता, श्रीमान, श्रीमती, साला, सालीलाई प्रतिनिधि बनाएर मापदण्डभित्र परेका साँच्चीकै संघमा काम गरेका अगुवा तथा सक्रिय युवाहरुलाई हटाएको छ ।
‘अध्यक्ष र महासचिवले आफुखुसी मनोमानी ढंगले आफन्तको नाम राखेर प्रतिनिधि पठाए, कार्यसमितिमै छलफलसमेत भएन, मापदण्ड पुरै मिचियो,’ जनताटाइम्स डटकमका प्रतिनिधिसँग सम्पर्कमा आएका कार्यसमितिकै एक सदस्यले भने । उनका अनुसार सिण्डिकेटको आधारमा संघमा काम गरेकालाई अपमान गरेर आफन्तलाई प्रतिनिधि बनाइएको छ ।
हेर्नाेस मापदण्डबिपरित छानेर पठाइएका प्रतिनिधिको नामावली
राष्ट्रिय कमिटीले आपत्तिजनक रुपमा प्रतिनिधि छनोट गरी नाम पठाएपछि असन्तुष्ट पक्षले एनआरएनए आइसीसीको केन्द्रीय सचिवालयमा तीनै जना अध्यक्षलाई सम्बोधन गरी उजुरी दर्ता गरेको छ । यही अगष्ट ३१ तारिक कोरिया कार्यसमितिले पठाएको नाम मापदण्डबिपरित रहेको भन्दै आइसीसीमा उजुरी दर्ता भएको हो ।
गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्षलाई सम्बोधन गरी पठाइएको उजुरीमा दक्षिण कोरियाको आइसीसी प्रतिनिधि छनोटमा भएको बदमासीको आवश्यक छानबिन तथा कारवाही गर्न माग गरिउको छ ।
यी हुन उम्मेदवार
‘गैर आवासीय नेपाली संघ केन्द्रीय महाधिवेशनका लागि गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाबाट सिफारिस गरिएका महाधिबेशन प्रतिनिधि, राष्ट्रिय समितिमा आवश्यक छलफल नगराई, कार्यसमितिका अध्यक्ष र महासचिबको आपसी सहमतिमा सिफारिस गरिएको र यसरी सिफारिस गरिएका÷गर्दा (निवर्तमान क्षेत्रीय कार्यसमितिका पदाधिकारी, वहालवाला क्षेत्रीय कार्यसमिति पदाधिकारी, निवर्तमान प्रतिनिधि, कोरिया अधिवेशनका मतदानका उम्मेदवारहरु, एनआरएनए कोरियाको सदस्यता निरन्तरता प्राथमिकता अनुसार (तिन पटक, दुई पटक) लाई बेवास्ता गरी एनआरएनए अभियानमा कुनै योगदान नभएका नयाँ र निश्चित राजनीतिक आस्था र निकटताका आधारमा प्रतिनिधि छनोट गरिएको हुदाँ बदर गरिपाऊँ,’ उजुरीमा भनिएको छ । साथै उजुरीमा आवश्यक अनुसन्धान गरी प्रतिनिधि सुची सच्याइ एनआरएनए अभियानमा योगदान पुर्याउने अभियन्ताहरुको नाम समावेश गर्न पनि माग गरिएको छ ।
उजुरीमा गैर आवासीय नेपाली संघको केन्द्रीय महाधिवेशन प्रतिनिधि छनोट प्रक्रिया लई थप पारदर्शी, समावेशी तथा विवाद रहित बनाउन निवर्तमान केन्द्रीय कार्यसमिति पदाधिकारी, वहालवाला कार्यसमिति पदाधिकारी, निवर्तमान क्षेत्रिय कार्यसमिति पदाधिकारी, वहालवाला क्षेत्रिय कार्यसमिति पदाधिकारी, निवर्तमान DELIGATES, NCC कोरियाको मतदानका उम्मेदवारहरु र NRNA कोरियाको सदस्यता निरन्तरता प्राथमिकता अनुसार (तिन पटक, दुइ पटक) मापदण्ड अनुसार गर्नु हुनसुचित गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्