जनता टाइम्स

१० आश्विन २०८०, बुधबार ०९:५१

एमाले बागमतीको निर्वाचन तालिका सार्वजनिक, निर्वाचन बिद्युतीय मेसिनबाट भोलि


काठमाडौं, असोज १० । नेकपा एमाले बागमती प्रदेश अधिवेशनको निर्वाचन तालिका सार्वजनिक भएको छ । निर्वाचन समितिले आज निर्वाचन तालिका सार्वजनिक गरेको हो ।

आज प्रकाशित तालिका अनुसार आज बिहान ९ बजेसम्म अन्तिम मतदाना नामवली प्रकाशन गरिएको छ । यस्तै ९ बजेदेखि ११ बजेसम्म उम्मेदवारी मनोनयन, ४ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको छ । यस्तै ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ । यस्तै ६ बजे उम्मेदवारको नाम विद्युतीय मेशिनमा राखिने निर्वाचन समितिले जनाएको छ ।

समितिका अनुसार बिहीवार बिहान ११ बजेबाट मतदान हुने कार्यक्रम छ । एमाले बागमती प्रदेशमा ११ सय ७४ जना मतदाताले मतदान गर्ने, १३ जिल्लाबाट ५ पदाधिकारीसहित २४० सदस्यीय कमिटी गठन हुने छ । मतदान बिद्युतीय मेसिनबाट हुनेछ ।