जनता टाइम्स

१३ आश्विन २०८०, शनिबार ०९:५५

एमाले बागमती निर्वाचन : कुन उम्मेदवारले कति मत पाए ? (सूचीसहित)


काठमाडौं, असोज १३ । नेकपा एमाले वागमती प्रदेश अध्यक्षमा कैलाश ढुङ्गेल, उपाध्यक्षमा दावादोर्जे लामा र सचिवमा नवराज सिलवाल निर्वाचित हुनुभएको छ ।

सिलवाल १ मतले सचिवमा निर्वाचित हुनुभएको हो । सिलवालले प्रतिस्पर्धी हस्त पण्डित भन्दा एक मत बढी पाउनुभएको छ । सिलवालले ५ सय ६८ मत प्राप्त गर्दा हस्त पण्डितले ५ सय ६७ मत प्राप्त गर्नुभएको छ ।

आज राती सम्पन्न मतगणनामा ढुङ्गेल आफ्ना प्रतिस्पर्धी कृष्णप्रसाद दाहाललाई पछि पार्दै निर्वाचित हुनुभएको हो । कूल खसेको ११ सय ३५ मतमा ढुङ्गेलले ६ सय ९६ मत पाउनु भएको छ । उहाँका प्रतिस्पर्धी कृष्णप्रसाद दाहालले ४ सय ३९ मत पाउनु भएको छ । ढुङ्गेलले दाहालको भन्दा २ सय ५७ बढी मत पाउनुभएको छ ।

उपाध्यक्षमा दावादोर्जे लामा निर्वाचित हुनुभएको छ । लामाले ६ सय १५ मत प्राप्त गर्नुभएको छ । यस्तै सचिवमा नवराज सिलवाल विजयी हुनुभएको छ ।

खुल्ला तर्फको उपसचिवमा प्रेमबहादुर महर्जन निर्वाचित हुनुभएको छ । उहाँले ३ सय ६७ मत पाउनुभएको छ । त्यस्तै महिला उपसचिवमा भक्तकुमारी लामा ५ सय ९९ सय मत ल्याई निर्वाचित हुनुभएको छ ।

कुन उम्मेदवारले कति मत पाए ?