काठमाडौं, १६ असोज । भक्तपुरको सिर्जनानगरमा सालनालसहितको नवजात शिशुको शव फेला परेको छ ।
आज भक्तपुर नगरपालिका–१ सिर्जनानगरस्थित यातायात व्यवस्था विभाग पछाडि हनुमन्ते खोलाको किनारमा अन्दाजी २र३ दिनको जस्तो देखिने सालनालसहितको शिशुको शव फेला परेको प्रहरीले जनाएको छ ।
स्थानीयले खबर गर्नेबित्तिकै घटनास्थल पुगेको प्रहरीले सालनालसहितको नवजात शिशु घोप्टोपरि मृत अवस्थामा भेटिएको जनाएको हो । घटनाबारे अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्