जनता टाइम्स

२७ आश्विन २०८०, शनिबार २०:२४

कोशीका मुख्यमन्त्री इमानदार रहँदासम्म एमालेले साथ दिन्छ : महासचिव पोखरेल


सिन्धुली, असोज २७ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कोशीमा सत्ता गठबन्धनले सरकार भत्काउने प्रपञ्च थालिसकेको भन्दै सचेत रहन मुख्यमन्त्रीलाई सुझाव दिनुभएको छ ।

एमालेको समर्थनमा कोशी प्रदेशको मुख्यमन्त्री बन्नुभएका उद्धव थापालाई आफूजस्तै गद्धार बन्न प्रधानमन्त्री पुष्पकमल दाहाल पचण्डले सार्वजनिक अपिल गरेपछि महासचिव पोखरेलले यस्तो सुझाव दिनुभएको हो ।

प्रेस चौतारी सिन्धुलीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एमाले महासचिव पोखरेलले कोशीका मुख्यमन्त्री केदार कार्की इमानदार ढंगले अघि बढेसम्म एमालेले साथ दिने प्रष्ट पार्नुभयो ।

‘अहिलेको गठबन्धन असफल भएको परिप्रेक्षमा कोशीले एउटा उदाहरण दिनुपर्छ भन्ने कुरा हाम्रो रहेको छ । यद्यपि सत्ता गठबन्धन सरकार भत्काउने दाउपेचपूर्ण राजनीतिमा जान खोजेको छ । जसको जगमा सरकार निर्माण भएको छ, त्यसलाई भत्काउने प्रपञ्च सुरु भइसकेको छ । मुख्यमन्त्री जसको जगमा हुनुभएको छ, उहाँले आफ्नो इमान कायम राख्नुहुन्छ भन्ने ठान्छु । उहाँ इमानदारितापूर्वक अगाडि बढेसम्म हाम्रो साथ रहन्छ।’

महासचिव पोखरेलले कोशीमा सरकारविहीन हुन नदिन कांग्रेस नेतालाई समर्थन गरेको बताउनु भयो ।