काठमाडौं, असोज २८ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सल्लाह नमान्ने संकेत दिनुभएको छ ।
एमालेका प्रदेश सांसद्हरुको समर्थनमा शनिबार मुख्यमन्त्री बन्नुभएका कार्कीले शपथअघि नै काठमाडौं आएर कांग्रेस नेता डा. शेखर कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट गरी यस्तो संकेत दिनुभएको हो ।
जसरी पनि मुख्यमन्त्री बन्नबाट रोक्न लाग्दा पनि नसकेपछि प्रधानमन्त्री प्रचण्डले मुख्यमन्त्री नियुक्त भएलगत्तै सार्वजनिक रुपमा नै केदारलाई आफू जस्तै बेइमानी बन्न सल्लाह दिनुभएको थियो । कांग्रेसभित्र पनि प्रचण्डकै शासन चल्न थालेपछि कांग्रेसभित्रका प्रतिपक्षी नेता शेखर कोइराला र केदार कार्कीले विद्रोह गर्नुभएको थियो ।
कार्की एमालेको समर्थनमा मुख्यमन्त्री बन्नुभएपछि प्रचण्डले एमालेलाई गद्दारी गर्दै आफ्नो पक्षमा आउन सार्वजनिक सल्लाह दिनुभएको हो । उहाँले कार्की गठवन्धनकै मुख्यमन्त्री भएको पनि घोषणा गर्नुभएको थियो ।
तर, गद्दारी गर्ने सल्लाहलाई अस्वीकार गर्ने संकेत कार्कीले दिनुभएको छ । मुख्यमन्त्री बनेको भोलिपल्टै कोशीबाट काठमाडौं आएर कार्कीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आज भेट्नुभएको छ । ओलीलाई भेट्न कार्की आज बिहान बालकोट पुग्नुभएको हो ।
प्रचण्डको इच्छा र चाहना विरित मुख्यमन्त्री कार्की ओलीलाई भेट्न जानुभएको छ । आज बिहान बालकोट पुगेर कार्कीले मुख्य मन्त्री बन्न सहयोग गरेको, मुलुकमा सहकार्य र संस्कृतिको नयाँ युग सुरु गर्न प्रयास गरेको, कांग्रेसलाई माओवादीको चंगुलबाट मुक्त गर्ने आफ्नो अभियानलाई साथ दिएको भन्दै ओलीलाई धन्यवाद दिनुभएको छ ।
मुख्यमन्त्री बनेपछि यु टर्न गर्न अर्थात् एमालेलाई गद्दारी गर्न मुख्यमन्त्री कार्कीलाई कांग्रेसभित्रका प्रचण्ड पक्षधरहरुले शनिबार रातिदेखि नै कडा दवाब दिँदै आएका थिए । तर, उनीहरुको दवाबलाई वेवास्ता गर्दै ओलीलाई भेट्न मुख्यमन्त्री कार्की जानुभएको हो ।
प्रधानमन्त्री प्रचण्डले आफू पनि एमालेकै समर्थनमा प्रधानमन्त्री बनेको र एमालेलाई धोका दिएर पुरानो गठबन्धनमा आएको भन्दै कांग्रेस नेताहरुसँग पनि केदार आफूजस्तै बेइमान बन्न तयार हुनुपर्ने बताइसक्नु भएको छ । तर प्रचण्डको बेइमान बन्ने प्रस्तावलाई मुख्यमन्त्री केदारले अस्वीकार गर्नुभएको छ । उहाँले कांग्रेस नेता शेखरलगत्तै एमाले अध्यक्ष ओलीसँग भेट गरी आफू प्रचण्डजस्तो बेइमान बन्न नसक्ने प्रष्ट सन्देश दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्