जनता टाइम्स

१३ कार्तिक २०८०, सोमबार १३:४१

बलात्कार आरोपमा एकजना पक्राउ


बैतडी, १३ कात्तिक । १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पञ्चेश्वर गाउँपालिका(४ लडागाउँ बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।

किशोरले गत असार २७ गते राति र भदौ २३ गते राति ती किशोरीलाई आफ्नै घरमा ल्याई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय तस्वदेहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।