जनता टाइम्स

१६ कार्तिक २०८०, बिहीबार १७:१९

एमाले संसदीय दलको बैठक जारी, पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल


काठमाडौं, १६ कात्तिक । प्रमुख प्रतिपक्षी दल एमाले संसदीय दलको बैठक बसेको छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा जारी एमाले संसदीय दलको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल भइरहेको छ ।

आज मध्यरातिबाट चालु सदनको अधिवेशन अन्त्य हुनै लाग्दा बसेको बैठकमा एमालेविरुद्ध भइरहेका गतिविधिका विषयमाम पनि छलफल भइरहेको छ ।