जनता टाइम्स

२० कार्तिक २०८०, सोमबार ०८:२१

युवा संघ लुम्बिनीको अध्यक्षमा खरेल


बुटवल, कात्तिक २० । राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा सुरज खरेल चयन हुनुभएको छ । प्रथम अधिवेशनबाट खरेल अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो ।

अधिवेशनले उपाध्यक्षमा सुरेश भण्डारी, सचिवमा सन्तोष ओली, सहसचिवमा भुपाल शर्मालाई चयन गरेको छ । यस्तै महिला समावेसी सहसचिवमा सुधा ज्ञवाली र कोषाध्यक्षमा डेन्जिङ रायमाझी चयन हुनुभएको छ ।

अधिवेशनले ६९ सदस्यीय प्रदेश कमिटी चयन गरेको छ ।
लगायत ६९ सदस्यीय कमिटीलाई हार्दिक बधाई ।