काठमाडौं, ७ मंसिर । उच्च अदालतका नवनियुक्त मुख्य न्यायाधीशहरूले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । ५ मंसिरमा बसेको न्याय परिषदको बैठकले ६ जना मुख्य न्यायाधीश नियुक्ति सिफारिस गरेको थियो ।
उच्च अदालत सुर्खेतमा लोहितचन्द्र शाह, उच्च अदालत पोखरामा माधवप्रसाद पोखरेल, उच्च अदालत विराटनगरमा रमेशप्रसाद राजभण्डारी, उच्च अदालत जनकपुरमा श्रीकान्त पौडेल, उच्च अदालत तुलसीपुरमा नित्यानन्द पाण्डे र उच्च अदालत दिपायलमा शान्ति सिंह थापा मुख्य न्यायाधीश सिफारिस हुनुभएको थियो ।
उहाँहरूलाई प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।













प्रतिक्रिया दिनुहोस्