जनता टाइम्स

१० मंसिर २०८०, आईतवार ०७:३२

२६ प्रहरी सम्पर्कविहीन


काठमाडौं, मंसिर  १०  । नेपाल प्रहरीमा विभिन्न पदमा कार्यरत २६ जना सम्पर्कविहीन भएका छन् ।
जानकारीबिनै दुई\तीन महिनादेखि सम्पर्कविही भएपछि प्रहरी प्रधान कार्यालयले खोजी गरेको छ ।लामो समयदेखि सम्पर्कमा नआएपछि २६ जनाको नाममा प्रहरी प्रधान कार्यालयले हाजिर हुन सूचना जारी गरेको छ । पहिलो पटक सूचना जारी गर्दासमेत हाजिर नभपछि प्रहरी प्रधान कार्यालयले सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन सूचना जारी गरेको छ ।