जनता टाइम्स

२९ मंसिर २०८०, शुक्रबार १५:५५

जन्मस्थलबाट केपी ओलीको घोषणा : जनमत लिएर गठबन्धनलाई फालेर एमाले पुन: सत्तामा आउछ


हिंसा र मुठभेटले समस्याको समाधान दिँदैन : केपी ओली
तेह्रथुम, मंसिर २९  । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिंसात्मक गतिविधिले कुनै पनि प्रकारको समस्या समाधान नहुने बताउनुभएको छ ।
शुक्रबार आफ्नो जन्मथलो तेह्रथुमको म्याङ्लुङ आयोजित शुक्रबार झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जे गरे पनि आन्दोलन नहुने बताउनुभयो ।

‘हिंसात्मक रूप दिनु, मुथभेडमा जानु, त्यसले कुनै पनि समस्याको समाधान दिँदैन’, उहाँले भन्नुभयो । लोकतन्त्रमा लोकतान्त्रिक विधिबाट नै समस्याको समाधान खोज्नु पर्नेमा उहाँले जोड दिनुभयो । लोकतन्त्रमा सबै समस्याको समाधान लोकतान्त्रिक विधिबाट शान्तिपूर्ण ढङ्गले नै हुनसक्ने उहाँले प्रष्ट पार्नुभयो ।

बाटाका प्रदर्शनले, बाटोमा रुख ढालेर समस्या समाधान नहुने उहाँले प्रष्ट पार्नुभयो । यो कुरा सबैले बुझ्न आवश्यक रहेको ओलीले बताउनुभयो ।

एमालेले प्रभाकारी ढङ्गले देश विकासको काम गरिरहेका अवस्थामा षडयन्त्रपूर्ण ढङ्गले सत्ताबाट हटाउने काम भएको ओलीले बताउनुभयो । देशी विदेशी शक्ति आत्तिएर एमालेलाई अन्यायपूर्ण तरिकाले सरकारबाट हटाइएको ओलीको भनाइ छ ।

एमालेले फेरी पनि जनताको अभिमतमा विश्वास गरेर धैर्यताको साथ सरकारमा पुग्ने अठोटका साथ काम गरिरहेको उहाँले बताउनुभयो । गठबन्धनका षडयन्त्रपूर्ण क्रियाकलाको भण्डाफोर गर्दै एमाले शान्तिपूर्ण ढङ्गले जनताको अभिमतबाट अगाडि आउने उहाँले स्पष्ट पार्नुभयो ।

समृद्ध नेपाल सुखी नेपालीको आकांक्षा पूरा गर्न एमालेले मिसन २०८४ भनेको उहाँले स्पष्ट पार्नुभयो । मिसन २०८४ समृद्ध नेपाल सुखी नेपालीको आकांक्षा पूरा गर्ने मिसन भएको उहाँले बताउनुभयो ।

बैतडीको झुलाघाटबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ ।