पाँचथर, मंसिर ३०। नेकपा एमालेबाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा कोशी प्रदेश कमिटीकासदस्य एलपी (लालप्रसाद)साँवा लिम्बूले एमालेले सञ्चालन गरेको समृद्धिका लागि संकल्प अभियानदेश विकासको महाअभियान भएको बताउनुभएको छ ।
नेकपा एमालेले सञ्चालन गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा पाँचथरपुगेपछि लिम्बुले नेकपा एमालेले सञ्चालन गरेको यो अभियान ठुलो अभियान भएको बताउनुभयो ।
यो अभियान अहिले नेपालमा दलहरू प्रति वितृष्ण जगाउने, गलत सन्देश र अराजकता पैदा गर्नेस्थितिलाई अन्त्य गर्न चलाएको महाअभियान पनि भएको उहाँले पष्ट पार्नुभयो । नेपाली जनतालेमुलुकमा समृद्धि ल्याउन सक्छ भन्ने सन्देश दिन अभियान चलाएको उहाँले बताउनुभयो ।
यो अभियान चलिरहँदा कथित पहिचानवादीले अवरोधको प्रयास गरेको भन्दै उहाँले आलोचना गर्नुभयो। ‘प्रतिपक्षी दलसँग मुठभेटमा आउने स्थिति बनेको राम्रो होइन, न आउनका निम्ति र नगर्नका निम्ति मअनुरोध गर्न चाहन्छु’, उहाँले भन्नुभयो ।
एमालेले चलाएको अभियान सबै नेपालीको लागि र मुलुकको समृद्धिको लागि चलाएको अभियानभएको बताउँदै उहाँले यसमा सहयोग गर्न र अभियानमा सहभागी हुन उहाँले कथित पहिचानवादीलाईआग्रह गर्नुभयो । एमाले र एमालेले चलाएको अभियान प्रति उहाँहरूको बुझाई नै गलत भएको उहाँकोभनाइ छ ।
मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतकोसम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरूमहासचिव शंकर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटीसदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिकोलागि संकल्प यात्रामा हुनुहुन्छ ।
बैतडीको झुलाघाटबाट मंसिर १४ गतेदेखि सुरु भएको यात्रा भोलिपाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ ।













प्रतिक्रिया दिनुहोस्