काठमाडौं, १५ पुस । राप्रपाले आगामी माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न प्रदेश कार्यसमितिलाई निर्देशन दिएको छ ।
आज बसेको केन्द्रीय पदाधिकारी बैठकले आगामी बुधबारसम्म राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार पार्टी संसदीय समितिलाई पठाउन प्रदेश कार्यसमितिलाई जिम्मेवारी दिएको पार्टी प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिनुभयो ।
‘राप्रपाको केन्द्रीय पदाधिकारी बैठक बस्यो । बैठकले राष्ट्रिय सभाको निर्वाचनको प्रयोजनका लागि पुस १८ गतेसम्म उमेदवार सिफारिस गरी पार्टीको संसदीय समितिलाई पठाउन प्रदेश कार्यसमितिलाई जिम्मेवारी दिइएको छ,’ उहाँले भन्नुभयो । आउँदो ११ माघमाम राष्ट्रिय सभा सदस्य चयनका लागि निर्वाचन हुँदैछ ।













प्रतिक्रिया दिनुहोस्