जनता टाइम्स

१९ पुष २०८०, बिहीबार १०:४०

हतकडीसहित अदालतबाट भागेका थुनुवा गेष्टहाउसमा भेटिए


काठमाडौं, १९ पुस । हतकडीसहित अदालतबाट भागेका थुनुवा कमल खड्का जडीबुटीको एक गेष्टहाउसबाट पक्राउ परेका छन् ।बुधवार जिल्ला अदालत काठमाडौं परिसरबाट फरार भएका खड्कालाई जडीबुटीमा रहेको न्यू दोलखाली गेष्टहाउसबाट नियन्त्रणमा लिइएको हो ।

बुधवार १ः३५ बजे उनी फरार भएका थिए । उनले लगाएका हतकडी र थुनुवा ज्याकेट उनकै कोठा भक्तपुर चाँगुनारायण १ दुवाकोटमा फेला परेको प्रहरीले जनाएको छ ।