जनता टाइम्स

२० पुष २०८०, शुक्रबार १५:०२

रवि लामिछानेले यसरी बिताए ओली निवासमा एक घन्टा


भक्तपुर, पुस २० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुग्नुभएको छ ।

रास्वपा सभापति लामिछाने आज अचानक ओली निवास बालकोट पुग्नुभएको हो । अध्यक्ष ओली निवासमा उहाँहरुबीच एक घन्टा कुराकानी भएको छ ।

भेटघाटमा पछिल्लो समसामयिक राजनीतिक विषयमा सामान्य छलफल भएको रास्वपा उपसभापति डीपी अर्यालले बताउनु भएको छ । भेटघाटका लागि बिहान पुग्नुभएका लामिछाने करिब एक घण्टाको छलफलपछि फर्किनुभएको थियो ।