चितवन, माघ २ । नारायणघाट-मुग्लिन सडकखण्डको तीन नम्बर पुलबाट त्रिशुली नदीमा गाडी खसेको छ।
इच्छाकामना गाउँपालिका( ५ स्थित राजमार्गबाट करिब ८५ मिटर तल नदी भित्रबाट गाडीको बत्ति बलेको देखेपछि खोज्न थालिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी श्रीराम भण्डारीले बताउनु भयो ।
तर कुन र कस्तो सवारी साधन खसेको हो पत्ता नलागेको उहाँको भनाई छ। डिएसपी भण्डारीका अनुसार बिहान पौने पाँच बजे सर्वसाधारणले देखेर प्रहरीलाई खबर गरेका थिए।
घटनाबारे जानकारी गराएपछि एसपी रामेश्वर कार्की आफैँ घटनास्थल पुग्नुभएको थियो । वडा प्रहरी कार्यालय नारायणगढमा रहेको विपद् व्यवस्थापनको डुङगासहितको टोली र विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा गोताखोरको टोली खटिएको छ। के को लाइट बलेको हो भन्ने हालसम्म नखुलेको प्रहरीले जनाएको छ । उक्त स्थान नजिकै भारतीय नम्बर प्लेट फेला परेको छ।














प्रतिक्रिया दिनुहोस्