जनता टाइम्स

१० माघ २०८०, बुधबार १७:५९

यौन कार्यका लागि युवतीलाई यसरी फसाउथिन आशा


काठमाडौं, १० माघ । गाउँबाट कम पढेलेखेका युवतीलाई वेटरमा काम लगाउने बताएर काठमाडौं बोलाउँथिन आशा लामा । लामाले काठमाडौंको जडिबुटीमा ‘टिमुरे क्याफे’ र ‘चरिकोट गेष्ट हाउस’ सञ्चालन गर्दै आएकी छन ।

आर्थिक लाभ लिई किशोरीहरूलाई यौन क्रियाकलापमा लगाउने कार्यमा संलग्न गराएको आरोपमा उलामालाई बुधबार प्रहरीले पक्राउ गरेको छ। धनकुटा छथर जोरपाटी गाउँपालिका–१ घर भई दोलखा भिमेश्वर नगरपालिका–९ स्थायी ठेगााना भएकी ३६ वर्षीय आशा लामा भन्ने लालमाया तामाङलाई प्रहरीले पक्राउ गरेको हो।

गेष्ट हाउसहरुमा किशोरीहरूलाई ललाई फकाई विभिन्न किसिमको प्रलोभनमा पारी यौन गतिविधिमा लगाउने गरेको सूचनाका आधारमा मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न लालमायालाई काठमाडौं जडिबुटीबाट पक्राउ गरेको हो।

आर्थिक अवस्था कमजोर भएका ग्रामीण भेगका कम पढेलेखेका किशोरीहरुलाई क्याफे तथा गेष्ट हाउसमा वेटरको काम लगाइदिने तथा आकर्षक तलब सुविधा दिने प्रलोभनमा पारी बोलाउने गरेको, सुरूमा वेटरको काममा लगाउने र केही समयपछि ललाई फकाई प्रलोभनमा पारी वेश्यावृत्तिमा लगाउने गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ।