जनता टाइम्स

२१ माघ २०८०, आईतवार १३:४७

एमाले धादिङमा चरम बिवाद, प्रदेश अध्यक्षले अधिवेशन स्थगित गरेपनि रोकिएन बन्द शत्र


धादिङ, माघ २१ । नेकपा एमाले धादिङको अधिवेशनमा चरम बिवाद भएको छ । बिवाद बढदै जाँदा एक पक्षले स्थगित गरेको सूचना जारी गरेको छ भने अर्काे पक्षले बन्द शत्र जारी रहेको भन्दै सूचना जारी गरेको छ ।

शनिवार भएको विवाद अध्यक्षमण्डलको अध्यक्षता भएपनि विवादको चुरो भने नयाँ कमिटीमा नेतृत्वको दुई धारबीचको बिवाद देखिएको छ । गएराती आज हुने बन्द सत्रको लागि अध्यक्ष मण्डलको अध्यक्षता कसले गर्ने भन्ने विवाद बढ्दै जाँदा अधिवेशन स्थलमा कुटाकुटको अवस्था समेत आएको थियो । विवाद भने बन्द सत्रको अध्यक्षता पार्टीको केन्द्रीय महासचिव सर्कुलर गरेअनुसार गर्ने कि प्रदेश अध्यक्षको चाहना अनुसार गर्ने भन्नेमा विवाद रहेको थियो ।

वर्तमान जिल्ला अध्यक्ष भूमि त्रिपाठी नेतृत्वको अधिकांश पक्षले केन्द्रीय सर्कुलर अनुसार जिल्ला इन्चार्ज धर्म देवकोटाको अध्यक्षतामा गर्ने मत राखेको थियो भने प्रदेश सदस्य रमेश आचार्य, प्रदेश कार्यालय सचिव गंगा श्रेष्ठलगायतले आफूहरूले भनेअनुसार अध्यक्ष मण्डलको अध्यक्ष बनाउनुपर्ने दाबी गरेका थिए । सोही विवाद चुलिँदै गएपछि कुटाकुटको समेत अवस्था आए पनि राती ढिलागरि बिहान ८ बजे बन्दसत्र सुरु गर्ने सहमति भएको थियो ।

आगामी कार्यकालको लागि चयन हुने जिल्ला कमिटीमा जिल्ला नेता खेम लोहनी, प्रदेश अध्यक्ष कैलाश ढुंगेलसतिहको समूह डा. रामकुमार अधिकारीलाई अध्यक्ष बनाउने क्षिमा उभिनुभएको थियो । तर, भूमि त्रिपाठी पुनः कार्यकाल दोहोर्याउने पक्षमा उभिनुभएको छ । एमाले बागमति प्रदेश अध्यक्ष कैलाश ढुंगेलले विज्ञप्ति निकालेर बन्दसत्र स्थगित भने पनि अर्काे पक्षले बन्दसत्र सुरु भएको जनाएको छ । तर बन्दसत्रमा त्रिपाठीका पक्षधर मात्रै सहभागी छन् ।

बन्दसत्रमा जिल्ला इन्चार्ज देवकोटाको अध्यक्षतामा जिल्ला सहइन्चार्ज जानुका सिंखडा, रेशम लामा, प्रदेश सदस्य ध्रुव विश्वकर्मा र धनबहादुर घले सदस्य रहेको अध्यक्ष मण्डल गठन गरिएको छ । सोही अध्यक्ष मण्डलले बन्दसत्र अघि बढाएको हो । एमाले बिधानअनुसार अधिवेशनले एक महिला अनिवार्य गरी ५ पदाधिकारी र एक सय जना जिल्ला सदस्य चयन गर्नेछ ।